Sagun Khabar
बैतडीको डिलाशैनीमा  गठबन्धन अगाडि 

बैतडी-बैतडीको डिलाशैनी  गाउँपालिकामा गठबन्धनले  अग्रता लिएको छ ।  पालिकामा  २ सय १९ मत गणना हुँदा अध्यक्ष पदमा नेपाली  काँग्रेस  र  नेकपा माओवादी  केन्द्रका  साझा उम्मेदवारले  १ सय २६, एमाले  ७७ र स्वत्त्रले ५ मत प्राप्त गरेका छन् । 

यस्तै  उपाध्यक्षमा पनि  गठबन्धन अगाडि देखिएको छ । गठबन्धनका उम्मेदवारले  १ सय २०, एमाले ७५ र स्वतन्त्रले ८ मत ल्याएका छन् । अहिले डिलाशैनी  गाउँपालिकाको वडा नं  १ र २  मा मत गणना भइरहेको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update