बैतडीको पञ्चेश्वरमा एमालेको अग्रता

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले अगाडि देखिएको छ । पालिकामा १ सय ८७ मत गणना हुँदा अध्यक्ष पदमा एमालेले १ सय९ र गठबन्धनले ६० मत प्राप्त गरेको छ ।
यस्तै उपाध्यक्षमा पनि एमालेको अग्रता छ । उपाध्यक्षमा एमालेले ९३ र गठबन्धनले ४९ मत ल्याएको छ । पञ्चेश्वरमा नेपाली काँग्रेस र एकीकृत समावादीको चुनावी गठबन्ध थियो भने एमाले एक्लै चुनाव लडेको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ १४:५८
प्रतिक्रिया दिनुहोस्