Sagun Khabar
बैतडीको सुर्नयामा कांग्रेसको अग्रता कायमै 

बैतडी –स्थानीय तहको निर्वाचनमा बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ  । १२ सय ७२ मतको परिणाम बाहिर आउँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्दले ५०६, नेकपा एमालेका अम्मरबहादुर कुँवरले ३१२ र एकीकृत समाजवादीका नरेन्द्र बिष्टले २४९ मत पाएका छन् । यसैगरी स्वतन्त्रका जीतबहादुर महराले ७ मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका मञ्जु बोहराले ४२४, नेकपा माओवादी केन्द्रका दिलाराम भट्टले २०४ र राप्रपाका देवबहादुर चन्दले २८५ मत प्राप्त गरेका निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए । अहिले सम्म वडा नं १ को मतगणना सम्पन्न भईसकेको छ भने वडा नं २ र ८को मतगणना चलिरहेको छ ।   
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update