Sagun Khabar
बैतडीको दोगडाकेदारमा एमालेको अग्रता 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा एमालेले अग्रता लिएको छ । १५० मत गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार चक्र कार्कीले ७०, नेपाली कांग्रेसका देवराज जोशीले ५९ मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्ष पदमा एमालेकी पार्वती ऐरी कार्कीले ६८, नेकपा माओवादी केन्द्रका नवराज भट्ट (कुुसुम)ले ४७ मत पाएका छन् । वडा नं १ को वडा अध्यक्षमा एमालेका उम्मेदवारले ५५, कांग्रेसका उम्मेदवारले ४२ र माओवादीका उम्मेदवारले २० मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ । यसअघि ५० मतको नतिजा आउँदा गठबन्धनको अग्रता भएपनि अहिले एमालेले अग्रता लिएको हो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update