बैतडीको सिगास गाउँपालिकामा कुन दलको अवस्था कस्तो ?

बैतडी- बैतडीको सिगास गाउँपालिकामा पनि मत गाणना जारी रहेको छ । अहिले सम्म ४ सय २८ मत गणना हुँदा नेपाली काँग्रेस अगाडि देखिएको छ ।
गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसले १ सय ५४ , एमालले १ सय ३४, समाजवादीले १६ र माओवादीले ६७ मत र राप्रपाले ९ मत प्राप्त गरेको छ ।
यस्तै उपाध्यक्षमा पनि काँग्रेसनै अगाडि देखिएको छ । नेपाली काँग्रेसले उपाध्यक्षमा १ सय ५१, एमालले १ सय ४३, समाजवादीले १६ र माओवादीले ६८ मत ल्याएको छ ।
अहिले वडा नं १ को मतगणना जारी रहेको बताइएको छ । सो वडाम पनि काँग्रेसनै अगाडि रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ १६:१८
प्रतिक्रिया दिनुहोस्