Sagun Khabar
बैतडीको पुर्चौंडी –१० को वडा अध्यक्षमा कांग्रेसका बिष्ट विजयी 

बैतडी –बैतडीको पुर्चाैडी नगरपालिका वडा नं १० को अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर बिष्ट विजयी भएका छन्  । उनले ४८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका गोपाल महराले ४६२ मत पाएका छन् । नेकपा एमालेका जितबहादुर बिष्टले ३९४ मत प्राप्त गरेका मतगणनास्थलमा रहेका नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य महेश महराले बताए । 

वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार जितेका छन् । यस्तै मेयर र उपमेयरमा नेपाली कांग्रेसकै उम्मेदवारको अग्रता रहेको छ । 
 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update