Sagun Khabar
बैतडीको मेलौलीमा एमालेको दोब्बर अग्रता 

बैतडी –बैतडीको मेलौलीमा एमालेले मतान्तर बढाउँदै लगेको छ । ११४८ मत गणना हुँदा मेयरमा एमाले जगदीशसिंह नायकले ६१२, नेपाली कांग्रेसका प्रेमबहादुर चन्दले २५३ र नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्दले २२२ मत पाएका छन् । 

यस्तै उपमेयरमा एमालेकी हेमन्ती नायकले ४७२, नेपाली कांग्रेसकी पार्वती बोहरा बिष्टले २८५ र नेकपा माओवादी केन्द्रकी मनिषा दयालले २४६ मत ल्याएकी छिन् । 

वडा नं १ मा मतगणना चलिरहँदा एमालेका वडा अध्यक्षका उम्मेदवारले ३९२, नेपाली कांग्रेसका उम्मेदवारले ३२१ र माओवादी केन्द्रका उम्मेदवारले २१७ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update