Sagun Khabar
बैतडीमा अहिले सम्म  कुन पार्टीले कति वडा गरे कब्जा ? 

 बैतडी- बैतडीमा मतपरिणाम आउने  क्रम जारी रहेको छ । शुक्रबार भएको स्थानीयतहको  चुनाव  परिणाम आउने  क्रम  अहिले जारी  रहेको हो ।

अहिले सम्म बैतडी जिल्लामा  नेकपा एमाले र काँग्रेसले वडाहरुमा  जित हाशिल गरेका छन । नेकपा एमालेले ३ ओटा वडामा जित हाशिल गरेको छ भने नेपाली  काँग्रेसले पनि ३ ओटा वडामा जित हात पारेको हो ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नं १, दशरथचन्द नगरपालिका वडा नं  १ र ११ मा नेकपा एमाले विजयी  भएको छ । यस्तै काँग्रेसले पनि जिल्लाको पुर्चौडी नगरपालिका वडा नं १०, सिगास गाउँपालिका वडा नं १ र शिवनाथ गाउँपालिकाको  वडा नं १ मा जित हात पारेको हो ।

एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनेमा बैतडीको  सुर्नया १ मा धन बहादुर  चन्द, दशरथचन्द  नगरपालिका वडा नं  १मा बिष्णुदत्त भट्ट, वडा नं ११ मा जयदत्त पन्त रहेका छन् ।  यस्तै  नेपाली काँग्रेसबाट जित्ने  वडा अध्यक्षमा पुर्चौडी नगरपालिका वडा नं १० मा हिक्मत बहादुर विष्ट,  शिवनाथ गाउँपालिका वडा नं  १ मा  बल्देवसिहं चाड र  सिगास  गाउापालिका वडा नं  १ मा रामचन्द्र ऐरी रहेका छन् ।

यो समाचार  तयार पार्दा  सम्म अन्य दलहरुले भने  वडाहरुमा अहिले सम्म खाता खोल्न  सकेका छैनन् ।बैतडीको  १० स्थानीयतहमा ८४ ओटा वडा  छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update