Sagun Khabar
बैतडीको शिवनाथ  २ मा नेकपा एमाले  प्यानल सहित  विजयी

 बैतडी-  बैतडीको शिवनाथ गाउँपालिका वडा नं २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका  छन् । सो वडामा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र सिंह साउँद प्यानल सहित विजयी भएका हुन् ।

साउँद ७सय ७४ मत ल्याएर विजयी भएका हुन् । यस्तै उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्णसिंह साउँदले ७सय ३२ मत प्राप्त गरेका बताइएको छ । शिवनाथ २ का सदस्यहरुमा पनि नेकपाएमालेकै उम्मेदवार विजयी भएका  छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update