Sagun Khabar
बैतडीको दोगडाकेदारमा ५५० मत गणना हुँदा कांग्रेसको अग्रता 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा ५५० मत गणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका देवराज जोशीले अग्रता लिएका छन् । उनले २६१ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार चक्र कार्कीले २३१ मत ल्याएका छन् । 

उपाध्यक्षमा एमालेकी पार्वती कार्कीले २३३ मत ल्याएकी छिन् भने नेकपा माओवादी केन्द्रका नवराज भट्ट (कुसुम)ले २०८ मत ल्याएका छन् । अहिले वडा नं १ को मतगणना जारी रहेको छ । 

वडा अध्यक्षमा भने एमालेका उम्मेदवारको अग्रता देखिएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवारले २०१ र कांग्रेसका उम्मेदवारले ११८ मत ल्याएका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update