Sagun Khabar
दशरथचन्दको मेयरमा लख्खाभाइको अग्रता कायमै 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार पुष्करराज जोशी (लख्खाभाइ)को अग्रता कायमै रहेको छ । वडा नं १ र ११ को सबै मत र वडा नं १० को २ सय मत गणना हुँदा लख्खाभाइले १७३२ मत ल्याएका छन् । नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले १३८९ मत ल्याएका छन् । 

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्दले १५५३ मत ल्याएकी छिन् भने एमालेकी सरस्वती नेपालीले १५०६ मत ल्याएकी छिन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update