Sagun Khabar
बैतडीको पञ्चेश्वर ६ मा  एमालेका  पुजारा विजयी 

बैतडी- बैतडीको  पञ्चेश्वर  गाउँपालिका  वडा नं  ६ मा एमालेका उम्मेदवार  विजयी  भएका छन् । नेकपा एमालेबाट अध्यक्ष पदकाका उम्मेदवार  राम सिंह पुजारा ४ सय ३१ मत ल्याएर  विजयी  भएका हुन् ।

 उनी  गठबन्धनका उम्मेदवार  बलबिर  भण्डारी बल्ल्लीभाइलाइ  पराजित गरेर  विजयी भएका हुन् ।  उनका प्रतिद्वन्धी भण्डारीले २ सय ६२ मत  ल्याएका बताइएको  छ । पुजारा  पुरै प्यानल  सहित विजयी भएका  स्थानीय  नरेश तिवारीले  बताए । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update