Sagun Khabar
बैतडीको  सिगास  गाउँपालिकामा  काँग्रेसको  अग्रता कायमै 

बैतडी- बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै  रहेको  छ । सुरु देखिनै  सिगासमा काँग्रेसले अग्रता कायम राखेको हो ।

वडा नं  १ को  मतगणना सम्पन्न भएर वडा नं  ४को  गणना जारी रहेका बेला  यो पालिकाको अध्यक्षमा   काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार हरि सि‌ह धामीले  ५१८, नेकपा एमाले जस्वीर सिंह बोहरा ३८३, नेकपा माओवादी केन्द्र रोशन साउँद १९३, नेकपा एकीकृत  समावजादी एस कृष्ण बहादुर साउँदले ७० मत ल्याएका छन् ।

यस्तै  उपाध्यक्षमा नेपाली कांग्रेसकै  सुमीत्रा ऐरले  ४९१  मत ल्याएर  अगाडि देखिएकी  छिन् । यस्तै नेकपा एमालेकी धाना धामीले ३९३, नेकपा माओवादी केन्द्र लक्ष्मी चन्दले  १६५ र नेकपा एकीकृत समाजवादीकी भृकुटी चन्दले ५८ मत प्राप्त गरेको बताइएको  छ । अहिल्े  सिगास गाउँपालिका वडा  नं  ४ मा गणना जारी छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update