Sagun Khabar
बैतडीको सिगास ४ मा  काँग्रेसका बोहरा विजयी

बैतडी-बैतडीको सिगास गाउँपालिका वडा नं  ४ पनि  नेपाली काँग्रेसले  जित हात पारेको  छ ।  यस अघि वडा नं १मा जितेको  काँग्रेसले  वडा नं  ४मा पनि जित हात पारेको हो ।

वडा नं ४ मा काँग्रेसबाट  वडा अध्यक्ष पदका उम्मेदवार हरिसिंह बोहरा विजयी भएका छन् । उनी ३ सय ५३ मत ल्याएर  वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।

 वडामा उनको प्यानलै विजयी भएको  बताइएको  छ । उनका निकटतम प्रतिद्धन्द्धी  नेकपा एमालेका जस्बीर सिंह साउदले १ सय ९८ मत प्राप्त गरेका छन् ।  वडा नं  १ मा काँग्रेसका रामचन्द्र ऐरी  विजयी भएका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update