Sagun Khabar
बैतडीमा माओवादीको विजयी सुरुवात, पञ्चेश्वर १ को अध्यक्षमा सार्की विजयी

बैतडी- नेकपा माओवादी केन्द्रले पनि बैतडीमा विजयी सुरुवात गरेको  छ । जिल्लाको  पञ्चेश्वर  गाउँपालिका वडा नं १मा माओवादीका देवानी राम सार्की विजयी भएका हुन् ।

७७ मतले  उनी  विजयी भएका हुन् । उनी एमालेका प्रमल सिंह घटाललाइ पराजित गर्दै विजयी भएका हुन् । उनले ५ सय ३४ प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार घटालले ४ सय ४७ मत ल्याएका हुन् ।

यस्तै वडा सदस्यमा दुइ जना एमालेबाट र २ जना  माओवादीबाट निर्वाचित भएका बताइएको  छ । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update