Sagun Khabar
पाटन ४ को अध्यक्षमा एमालेका बिष्ट विजयी 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ४ को अध्यक्षमा नेकपा एमालेका दीपकसिंह बिष्ट विजयी भएका छन् । उनले ७३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रबहादुर चन्दले ६५७ मत प्राप्त गरे । 
बिष्ट गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

यस्तै चार जना वडा सदस्यहरुमा दुई जना एमालेबाट र दुई जना नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update