Sagun Khabar
पाटन–६को वडा अध्यक्षमा कांग्रेसका बिष्ट प्यानल सहित विजयी 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्रसिंह बिष्ट विजयी भएका छन् । उनले १२१४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका लक्ष्मीदत्त भट्टले ७९० मत ल्याए ।

बिष्ट गएको स्थानीय तहको निर्वाचनमा पनि सोही वडाबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।  चार जना वडा सदस्य पनि नेपाली कांग्रेसकै विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update