पुर्चौंडी–१ मा कांग्रेसका गडाल विजयी

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका गणेशबहादुर गडाल निर्वाचित भएका छन् । नेपाली कांग्रेस पुर्चौंडी नगर कार्यसमितिका सभापति समेत रहेका गडाल ५७५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका आनन्दसिंह धामीले ३२५ मत पाए ।
गएको स्थानीय तहको निर्वाचनमा पनि गडाल सोही वडाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवारले जितेको बताइएको छ । पुर्चौंडीमा मेयर र उपमेयरमा पनि कांग्रेसकै अग्रता रहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ ०८:२६
प्रतिक्रिया दिनुहोस्