Sagun Khabar
बैतडीको दशरथचन्दमा एमालेको अग्रता कायमै, मेयरमा लख्खाभाइ १ हजार बढी मतले अघि 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । वडा नं १, १० र ११ को मतगणना भईसकेको र वडा नं २ को १४०० मत गणना हुँदा मेयरमा एमालेका पुष्करराज जोशी (लख्खाभाइ)ले ३ हजार ६३५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले २ हजार ५१७ मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा पनि एमालेकी सरस्वती नेपालीले अग्रता बनाएकी छिन् । उनले २ हजार ९८४ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी कौशिला चन्दले २ हजार ९१८ मत प्राप्त गरेकी छिन् । मतगणना कार्य जारी रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update