बैतडीको सुर्नया गाउँपालिका ३ को अध्यक्षमा काँग्रेसका भट्ट विजयी

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं ३ मा ३ सय ४५ मत ल्याएर काँग्रेसका शम्भु प्रशाद भट्ट विजयी भएका हुन् ।
माओवादीका उम्मेदवारलाइ पराजित गर्दै उनि वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा माओवादीका अशोक भट्टले २५६ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका दान सिंह विष्टले १ सय ३८ मत ल्याएका छन् । यस्तै वडा सदस्यमा कमलापति भट्ट ,केशब बहादुर विष्ट , लक्ष्मण सिंहऐरी काँग्रेसबाट र जानकी टेलर माओवादी केनद्रबाट निर्वाचित भएका छन् ।
यस अघि ७४ सालमा यो वडामा माओवादी केन्द्रले चुनाव जितेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १२:२९
प्रतिक्रिया दिनुहोस्