Sagun Khabar
बैतडीको पाटनमा गठबन्धनको अग्रता

बैतडी –बैतडीको पाटन नगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार मेयर र उपमेयर दुवै पदमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांंग्रेसका गौरीसिंह रावलले २ हजार ६९० मत प्राप्त गरेका छन् । एमालेका तर्फबाट मेयरका उम्मेदवार नारायणसिंह भण्डारीले २ हजार ४५४ मत पाएका छन् । 

यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कमलसिंह बोहराले २ हजार ४०६ मत प्राप्त गरेका छन् । एमालेकी हरु भट्ट २ हजार ३७८ प्राप्त गरेकी छिन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update