बैतडीको सिगास २ मा एमालेका ऐर विजयी

बैतडी –बैतडीको सिगास गाउँपालिकाको वडा नं २ मा नेकपा एमालेले जितेको छ । वडा अध्यक्षमा एमालेका ठकेन्द्र ऐर ५०६ मत ल्याएर बिजयी भएका हुन् । उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उद्धबसिंह ढाटले २८९ मत ल्याएका छन् ।
सिगास २ मा वडा सदस्यमा पनि एमालेकै उम्मेदवार विजयी भएको खबर प्राप्त भएको छ । यस्तै २ नम्बर वडाकै भोटले एमालेबाट उपाध्यक्षकी उम्मेदवार धाना धामीले अग्रता बनाएकी छिन् ।
अहिले वडा नं ५ को मतगणना भईरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १४:२४
प्रतिक्रिया दिनुहोस्