बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा एमाले विजयी भएको छ । सो वडामा एमालेका मोहनदेव जोशी ७२४ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिचन्द्र जोशीले ३७० मत प्राप्त गरे ।
गएको स्थानीय तहको निर्वाचनमा सो वडामा नेपाली कांग्रेसले जित हात पारेको थियो । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी भएका हरिचन्द्र जोशी यो पालिको निर्वाचनमा भने पराजित भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १४:४२
प्रतिक्रिया दिनुहोस्






