बैतडीको सुर्नया ७ मा कांग्रेसका कुँवर विजयी

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ मा नेपाली कांग्रेसका भक्तबहादुर कुँवर विजयी भएका छन् । ३०५ मत ल्याएर कुँवर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । गएको स्थानीय तहको निर्वाचनमा पनि उनी सोही वडाबाट निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर कुँवरले २६७ मत पाएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १४:५८
प्रतिक्रिया दिनुहोस्