Sagun Khabar
दार्चुलामा कांग्रेसको  गढ भत्कियो,महाकाली नगरपालिकामा एमाले विजयी 

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री बिष्टले विजयी भएका हुन् । 

मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गरेका छन् । चैसीरसंग पराजित भएका गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गरे । भट्ट २०७४ को निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

उपमेयरमा विजयी बिष्टले चार हजार ६२६ मत प्राप्त गर्दा उनी पराजित गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सुना बोहराले चार हजार १८२ मत प्राप्त गरिन् । 

महाकाली नगरपालिका कांग्रेसको गढ मानिएको थियो । त्यो नगरपालिकामा सत्ताधारी दलहरुले गठबन्धन गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update