बैतडीको सिगास ५ मा एमालेका चन्द विजयी

बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा नेकपा एमालेका राजेन्द्रबहादुर चन्द विजयी भएका छन् । ४९६ मत ल्याएर चन्द वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबहादुर धामीले २४१ मत प्राप्त गरे ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १७:३८
प्रतिक्रिया दिनुहोस्