Sagun Khabar
बैतडीमा ३५ वडाको मतपरिणाम सार्वजिनक, कुन वडामा कसले जिते ? 

बैतडी –बैतडीमा अहिले सम्म ३५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । अहिले सम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले १६ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले १५ वडा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले ३ वडा र राप्रपाले एक वडामा जित हासिल गरेको छ । 

दशरथचन्द नगरपालिकाको ५ वडाको मतपरिणाम सार्वजनिक भईसक्दा एमालेले ४ र कांग्रेसले १ वडामा जित हासिल गरेको छ । यस्तै पाटन नगरपालिकाको ३ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले एक ÷एक वडामा जित हासिल गरेका छन् । 

यस्तै मेलौली नगरपालिकाको २ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस र एमालेले एक÷एक वडा जित हात पारेका छन् । 

जिल्लाको पुर्चौंडी नगरपालिकाको ३ वडाको मत परिणाम सार्वजनिक हुँदा दुईमा कांग्रेस र एकमा एमालेले जित हात पारेको छ । 

यसैगरी सुर्नया गाउँपालिकाको ५ वडाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले ३, एमालेले एक र राप्रपाले एक वडामा जित हासिल गरेको छ । 

सिगास गाउँपालिकाको ५ वडाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले तीन र एमालेले दुई वडामा जित हात पारेको छ । 

यस्तै शिवनाथ गाउँपालिकाको ५ वडाको मतपरिणाम सार्वजनिक हुँदा तीनमा कांग्रेस र दुईमा एमालेले जित हात पारेको छ । 

पञ्चेश्वर गाउँपालिकाको ४ वडाको मतपरिणाम सार्वजनिक हुँदा माओवादीले दुई,नेपाली कांग्रेस र एमालेले एक एक वडामा जित हात पारेको छ । दोगडाकेदार गाउँपालिकाको एक वडाको मात्रै मतपरिणाम बाहिर आएको छ । सो वडामा एमालेले जित हात पारेको छ । 

यसैगरी डिलाशैनी गाउँपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस र एमालेले एक ÷एक वडामा जित हात पारेका छन् । जिल्लाका ८४ वडा मध्ये ४९ वडामा मतगणना जारी रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update