बैतडीको पञ्चेश्वर ३ मा एमालेका मीनबहादुर चन्द विजयी

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका मीनबहादुर चन्द विजयी भएका छन् । उनी ५५६ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका कालु चन्दले ४४१ मत पाए ।
चन्द गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाटै अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १९:४७
प्रतिक्रिया दिनुहोस्