Sagun Khabar
बैतडीको पाटन २ मा एमालेका पन्त वडा अध्यक्षमा निर्वाचित 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं २ मा एमालेका महेश पन्त विजयी भएका छन् । उनी ५९८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पन्तले ४८८ मत ल्याएका छन् । 
सो वडामा गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका महेन्द्रप्रसाद पन्त विजयी भएका थिए भने एमालेका महेश पन्त पराजित भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update