बैतडीको पाटन १ मा माओवादी केन्द्रका ठगुन्ना विजयी

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका तर्क ठगुन्ना विजयी भएका छन् । उनी ५७८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका चन्द्रदेव भट्टराईले ४३६ मत ल्याए ।
सो वडामा गएको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रले नै जितेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ २०:१७
प्रतिक्रिया दिनुहोस्