Sagun Khabar
कांग्रेसले दोगडाकेदारमा खोल्यो खाता, वडा नं ८ मा बिष्ट प्यानल सहित विजयी 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ८ मा नेपाली कांग्रेसका महेन्द्र बिष्ट विजयी भएका छन् । ३९२ मत ल्याउँदै बिष्ट वडा अध्यक्षमा प्यानल सहित विजयी भएका हुन् । 

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भक्तबहादुर बिष्टले ३२३ मत ल्याए । उनी गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update