बैतडीको पञ्चेश्वरमा एमाले विजयी, दोहरिए अध्यक्षमा चन्द र उपाध्यक्षमा भट्ट

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्ट विजयी भएका छन् ।
अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ३ हजार ७८२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रमेशसिंह भण्डारीले २ हजार ४८८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेका बीना भट्टले ३ हजार ६४ मत ल्याएकी छिन् भने एकीकृत समाजवादीका राजेन्द्र चन्दले २ हजार ५०० मत ल्याएका छन् ।
पञ्चेश्वरका २ वडामा माओवादी केन्द्र, तिन वडामा एमाले र एक वडामा कांग्रेसले जित हात पारेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ २१:१०
प्रतिक्रिया दिनुहोस्