Sagun Khabar
बैतडीको पुर्चौंडी २ मा कांग्रेसका बम दोहरिए 

बैतडी –बैतडीको पुर्चौैंडी नगरपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका चक्रबहादुर बम विजयी भएका छन् । ३७२ मत ल्याएर उनी वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हेमराज पन्तले ३५० मत प्राप्त गरे । 

बमले २२ मतले वडा अध्यक्षमा जितेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा पनि उनी सोही वडाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा सदस्यहरुमा एकजना नेपाली कांग्रेस र तीन एमालेका विजयी भएका बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update