Sagun Khabar
दार्चुलाको मार्मामा गठबन्धनका उम्मेदवार विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको मार्मा गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जमनसिंह धामी अध्यक्षमा विजयी भएका छन्। धामीले ३ हजार ८ सय १३ मत प्राप्त गरेका छन्। उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार देवसिंह महर ३ हजार ८४ मत ल्याएका छन्।

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी शर्मिला सिंह निर्वाचित भएकी छन्। सिंहले ३ हजार २ सय २३ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेकी राजु धामीले २ हजार ८ सय ५३ मत ल्याएकी छन्।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update