Sagun Khabar
दार्चुला लेकमको अध्यक्षमा माओवादीका जोशी विजयी ,उपाध्यक्षसहित चार वडामा एमाले

दार्चुला- दार्चुलाको लेकम गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका  रामदत्त जोशी अध्यक्षमा विजयी भएका छन् । एमाले नेता परमानन्द जोशीलाई पराजित गर्दै रामदत्त जोशी लेकम गाउँपालिका अध्यक्षमा विजयी  भएका हुन् ।

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार कांग्रेश नेतृ सुना जोशीलाई पराजित गर्दै एमाले उम्मेदवार माधवी जोशी विजयी भएकी छिन् । गठबन्धनलाई पराजित गर्दै वडा नम्बर १, ३, ५ र ६ मा नेकपा एमालेले वडामा जित हासिल गरेको छ । यस्तै वडा नम्बर २ मा प्यानलसहित गठबन्धनका साझा उम्मेदवार काँग्रेस शिवराज जोशी वडाअध्यक्षमा निर्वाचित भएका छन्  ।

वडा नम्बर ४ मा सदस्य एमालेले जितेपनि वडाअध्यक्षमा गठबन्धनका साझा उम्मेदवार कांग्रेश नेता महेन्द्रराज जोशीले विजय हासिल गरका हुन् । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update