Sagun Khabar
बैतडीको मेलौली ३  मा काँग्रेसका भाट वडा अध्यक्षमा निर्वाचित

बैतडी- बैतडीको मेलौली नगरपालिका  वडा नं  ३ मा नेपाली कांग्रेसका गगन सिंह भाट वडा अध्यक्षमा निर्वाचित   भएका छन् । उनी  एमालेका नेता एवं निवर्तमान वडा अध्यक्ष रघुबीर सिंह भाटलाइ ५३ मतले पराजित गर्दै वडा अध्यक्षमा  निर्वाचित भएका हुन् । 

उनले ४०१ मत ल्याए भने उनका प्रतिद्वन्धी  भाटले  ३४८ मत ल्याएका छन् । यस्तै  वडा नं ३ मा एक महिला वडा सदस्यबाहेक सबै कांग्रेसका पदाधिकारी विजयी भएका  बताइएको  छ । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update