बैतडी-बैतडीको सिगास गाउँपालिक वडा नं ८ मा नेकपा एमालेका केशव बहादुर बोहरा विजयी भएका छन् । एमालेका युवा नेता बोहरा ३ सय ६ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका चन्द्र सिह ऐरले ३ सय ३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेसका केशव राज अवस्थीले १ सय ५३ मत प्राप्त गरे ।
यस्तै सिगास ८ मा २ जना खुला सदस्य नेकपा एमालेका निर्वाचित भएका र महिला सदस्य र दलित महिला सदस्य एकीकृत समाजवादीबाट विजयी भएका बताइएको छ । २०७४ सालको निर्वाचनमा यो वडामा नेपाली काँग्रेसले जितेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ २३:५६
प्रतिक्रिया दिनुहोस्






