बैतडीको सुर्नया ६ मा एमालेका अवस्थी विजयी

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मा नेकपा एमालेका मदनराज अवस्थी विजयी भएका छन् । ६२९ मत ल्याएर उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटत्म प्रतिस्पर्धी नेपाली कांग्रेसका जयबहादुर कुँवरले ४०७ मत ल्याए ।
यस्तै वडा सदस्यमा २ जना एमाले र २ जना कांग्रेसका निर्वाचित भएका छन् । वडा अध्यक्षमा विजयी अवस्थी गएको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए । अहिले पराजित नेपाली कांग्रेसका कुँवर गएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०५:३०
प्रतिक्रिया दिनुहोस्