Sagun Khabar
बैतडीको दशरथचन्द ७ मा एमाले र ८ मा कांग्रेस विजयी 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ७ मा नेकपा एमालेका हरिदत्त बडु विजयी भएका छन् । कांग्रेसका चक्रप्रसाद शर्मालाई पराजित गर्दै उनी ३५२ मत ल्याएर प्यानल सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शर्माले २७७ मत ल्याए । 

गएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका शर्मा यो पालि भने पराजित भएका छन् । वडा सदस्यहरु पनि एमालेकै निर्वाचित भएका बताइएको छ । 

यस्तै दशरथचन्द नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका चामुसिंह थापा प्यानल सहित विजयी भएका छन् । उनले ४१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका जितबहादुर चन्दले २२५ मत ल्याए । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update