बैतडीको सिगास ३ मा कांग्रेसका धामी प्यानल सहित विजयी

बैतडी –बैतडीको सिगास गाउँपालिकाको वडा नं. ३ मा नेपाली कांग्रेसका अमरसिंह धामी विजयी भएका छन् । उनी ३ सय ६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेरसिंह साउँदले २ सय ५५ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एकिकृत समाजवादीका पठानसिंह बोहराले २ सय ५० मत मात्रै ल्याए । सगास ३ मा खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा नेपाली काँग्रेसकै विजयी भएका छन ।
गएको स्थानीय तहको निर्वाचनमा सो वडामा एमालेबाट शेरसिंह साउँद वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०६:०७
प्रतिक्रिया दिनुहोस्