Sagun Khabar
बैतडीको मेलौली ५ मा कांग्रेस र ६ माओवादी केन्द्र विजयी 

बैतडी —बैतडीको मेलौली नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेसका भरतसिंह पुजारा विजयी भएका छन् । ४३१ मत ल्याएर उनी वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका बलभद्र दयालले ४०३ मत ल्याए । 
दयाल गएको स्थानीय तहको निर्वाचनमा सोही वडाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

यस्तै मेलौली नगरपालिका वडा नं ६ मा माओवादी केन्द्रका तारादत्त भट्ट विजयी भएका छन् । मेयरमा भने एमालेका जगदीशसिंह नायक र माओवादीका भीमबहादुर चन्दबीच प्रतिस्पर्धा रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update