Sagun Khabar
बैतडीको सुर्नया ४ मा कांग्रेसका महरा विजयी 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसका प्रतापसिंह महरा विजयी भएका छन् । राप्रपाका गणेश साउँदलाई पराजित गर्दै महरा विजयी भएका हुन् । कांग्रेसका महराले ४८८ मत ल्याए भने राप्रपाका साउँदले ३४६ मत ल्याए ।

नेपाली कांग्रेसका सुर्नया गाउँपालिका सभापति समेत रहेका महरा गएको स्थानीय तहको निर्वाचनमा भने सोही वडामा पराजित भएका थिए । यो पालीको चुनावमा भने उनले विजय हासिल गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा सो वडामा एमालेले जित हात पारेको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update