बैतडीको दोगडाकेदारमा माओवादी केन्द्रले खाता खोल्यो, वडा नं २ मा भट्ट विजयी

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ मा नेकपा माओवादी केन्द्रका विष्णुदत्त भट्ट विजयी भएका छन् ।
५५९ मत ल्याएर भट्ट वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर महराले ५१६ मत ल्याएका छन् ।
महरा गएको स्थानीय तहको निर्वाचनमा सोही वडामा निर्वाचित भएका थिए । यो पाली भने उनी पराजित भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०७:०४
प्रतिक्रिया दिनुहोस्