पाटन १० मा कांग्रेसका धनबहादुर कुँवर प्यानल सहित विजयी

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन् । ४२८ मत ल्याएर उनी प्यानल सहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवेन्द्र कुँवरले ३२८ मत ल्याए । कुँवर गएको स्थानीय तहको निर्वाचनमा सोही वडाबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनी अहिले भने पराजित भएका छन् ।
धनबहादुर कुँवर सहित वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०७:१२
प्रतिक्रिया दिनुहोस्