Sagun Khabar
बैतडीको सिगासमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेको अग्रता कायमै 

बैतडी –बैतडीको सिगास गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका हरिसिंह धामीको अग्रता कायमै रहेको छ । अहिले सम्म धामीले २ हजार ६४० मत प्राप्त गरेका छन् भने उनलाई १ हजार ५७४ मतका साथ एमालेका जस्बीर बोहराले पछ्याईरहेका छन् । 

उपाध्यक्ष पदमा भने एमालेका धाना धामीको अग्रता कायमै रहेको छ । २ हजार ५१८ मतका साथ अग्रता लिईरहेकी धामीलाई कांग्रेसकी सुमित्रा ऐरले २ हजार १०५ मतका साथ पछ्याईरहेकी छिन् । 

सिगासमा ७ वडाको मतपरिणाम आईसकेको छ भने २ वडाको मतपरिणाम आउन बाँकी रहेको छ । अहिले सम्म ४ वडामा नेपाली कांग्रेस र ३ वडामा एमाले विजयी भएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update