Sagun Khabar
बैतडीको दोगडाकेदारमा एमालेको अग्रता कायमै 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा एमालेको अग्रता कायमै रहेको छ । अहिले सम्म अध्यक्ष पदमा एमालेका चक्र कार्कीले १ हजार ९८३ मत ल्याएर अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका देवराज जोशीले १ हजार ६८० मतले पछ्याईरहेका छन् । 

यस्तै उपाध्यक्ष पदमा एमालेकी पार्वती ऐरी कार्कीले १ हजार ९२१ मतका साथ अग्रस्थानमा छिन् भने उनलाई माओवादी केन्द्रका नवराज भट्ट (कुसुम)ले पछ्याईरहेका छन् । दोगडाकेदारमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update