
बैतडी –बैतडीको सिगास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिसिंह धामी विजयी भएका छन् । उनी नेकपा एमालेका जसबीर बोहरालाई पराजित गर्दै विजय भएका हुन् । गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका धाना धामी विजयी भएकी छिन् । नेपाली कांग्रेसकी सुमित्रा ऐरलाई पछि पार्दै उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
हरिसिंह धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसका धामीले ३ हजार ४३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका जस्बीर बोहराले १ हजार ७९८ मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका धाना धामी विजयी भएकी छिन् । नेपाली कांग्रेसकी सुमित्रा ऐरलाई पछि पार्दै उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । एमालेकी धामीले २ हजार ९३९ मत ल्याइन् भने ऐरले २ हजार ६९६ मत ल्याइन् ।
हरिसिंह धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा निर्वाचित भएका थिए । गएको स्थानीय तहको निर्वाचनमा सिगासमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको थियो भने यो चुनावमा अध्यक्ष पदमा मात्रै जित हासिल गरेको थियो ।
सिगास गाउँपालिकाको वडा न. १ मा कांग्रेसका रामचन्द्र ऐरी, २ मा एमालेका ठकेन्द्र ऐर, ३ मा कांग्रेसका अमरसिंह धामी, ४ मा कांग्रेसका हरिसिंह बोहरा, ५मा एमालेका राजेन्द्रबहादुर चन्द, ६ मा कांग्रेसका तेजबहादुर बोहरा, ७ मा कांग्रेसका कृष्णकुमार साउँद, ८मा एमालेका केशव बहादुर बोहरा र ९ मा काँग्रेसका कृष्णसिंह धामी विजयी भएका छन् ।