Sagun Khabar
डिलाशैनी ५ मा स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा ५ को वडा अध्यक्ष स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी भएका छन् । राजनीतिक दलका उम्मेदवारहरुलाई चुनौती दिँदै निर्वाचनमा होमिएका भट्टले ७४० मत ल्याएर वडा अध्यक्षमा जितेका हुन् । 

उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गा नाथले ३१९ मत पाएका छन् । यसअघि डिलाशैनी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवार हरिदत्त पन्तले जित हासिल गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update