Sagun Khabar
बैतडीको पाटन ७ मा एमालेका चन्द विजयी 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ७ मा नेकपा एमालेका ललितबहादुर चन्द विजयी भएका छन् । ५१३ मत ल्याएर चन्द विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गगनबहादुर चन्दले ३६९ मत ल्याएका छन् । 

वडा अध्यक्षमा निर्वाचित ललितबहादुर चन्द गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update