
बैतडी – बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मरबहादुर कुँवर विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका नरेन्द्र बिष्टलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् । कुवर २३ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका विष्टले २३ सय २४ मत प्राप्तगरेका छन् । यस्तै नेपाली काँग्रेसका गजेन्द्र बहादुर चन्दले २ हजार २१ मत ल्याए ।
गएको स्थानीय तहको निर्वाचनमा सो पालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसले जित हात पारेको थियो । तर अहिले भने कांग्रेसले अध्यक्ष पदमा तेश्रो मत प्राप्त गरेको छ ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मञ्जु बोहरा विजयी भएकी छिन् । राप्रपाका देवबहादुर चन्दलाई पराजित गर्दै बोहरा विजयी भएकी हुन् । मञ्जु २१ सय ३२ मत ल्याएर बोहरा उपाध्यक्षमा निर्वाचित भएकी हुन् । यस्तै उनका निकटतम प्रतिस्पर्धी राप्रपाका देव बहादुर चन्दले १९ सय ४१ मत प्राप्त गरेका छ्न भने माओवादीका दिलाराम भट्टले १८ सय ३३ मत ल्याए ।
सुर्नयामा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए भने एकीकृत समाजवादी र माओवादीले पनि चुनावी तालमेल गरेका थिए । सुर्नयामा नेपाली कांग्रेस एक्लै चुनाव लडेको थियो ।